महरा र वर्षमानकाे अडानले माओवादी लुम्बिनीमा नेतृत्व छान्न सकस, दुबैले च्यापे आ-आफ्ना मान्छे

डिसी नेपाल
१ पुष २०७८ ८:५०
904
Shares

बुटवल। नेकपा (माओवादी केन्द्र)का दुई नेताकाे स्वार्थ बाँझिदा सम्मेलन सकिएको चार दिनसम्म पनि लुम्बिनी प्रदेशमा नेतृत्व टुंगो लाग्न सकेकाे छैन। पूर्वसभामुख एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आ-आफ्नाे मान्छे प्रदेश अध्यक्ष हुनुपर्ने अडान राखेपछि नयाँ नेतृत्व चयन हुन नसकेकाे हाे।

महराले तुलसीराम पुन र वर्षमानले सुदर्शन बराललाई अध्यक्षमा अघि सारेका हुन्। तुलसीराम दाङ निर्वाचन क्षेत्र नम्बर २ का हुन् । महराले गत निर्वाचनमा साेही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जितेका थिए ।बराल शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए।

बराल गुल्मीका भए पनि उनको राजनीतिक सम्पर्क रोल्पाका वर्षमानसँग छ। माओवादीका तत्कालीन नेता रामबहादुर थापा ‘बादल’सँग निकट मानिने उनी पनि थापा एमालेमा गएपछि दाेधारमा परेका थिए। तर, वर्षमानकै जोडबलमा माओवादीमै रहे। लुम्बिनी प्रदेशमा यसअघि ओनसरि घर्ती अध्यक्ष हुँदा बरालकाे हालिमुहाली थियाे।

उपाध्यक्ष, सचिवलगायतका पदमा पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । प्रदेशको नेतृत्वमा सहमति नभए यसको टुंगो केन्द्रले लगाउने छ।

माओवादीको लुम्बिनी प्रदेश कमिटी २५३ सदस्यीय हुनेछ। २१७ जनाको नाम टुंगो लागिसकेको र बाँकी ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए। ती ११ जना भने मनोनीत गर्ने व्यवस्था छ । बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.