२७४ जना नयाँ सङ्क्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा २७४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार ६९१ जनामा पीसीआर परीक्षण गरिएकोमा २६९ जनामा र १ हजार ३२५ जनामा एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २७० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७० पुगेको छ ।
यसैगरी देशमा हालसम्म ५ हजार ५२२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment