माओवादी राष्ट्रिय सम्मेलन किन गरिँदैछ ‘गुपचुप’

सम्भव सिंह ठकुरी
९ पुष २०७८ १४:४७

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को ऐतिहासिक राष्ट्रिय सम्मेलन आगामी आइतबार (पुष ११ देखि १३) गतेसम्म काठमाडौंमा हुँदैछ। सम्मेलनको पूर्वसन्ध्यामा रहेको मओवादी नेतृत्व चयनको विधि र कार्यदिशाबारे सबैको चासोको विषय बनेको छ।

माओवादी केन्द्रको यो सम्मेलनमा पुष्पकमल दाहाल प्रचण्ड नै पार्टीको शिर्ष नेतृत्व अध्यक्ष पदमा दोहोरिने विषयमा शंका छैन। पार्टीका प्रभावशाली नेताहरुले विभिन्न सार्वजानिक कार्यक्रममा नै अध्यक्ष प्रचण्डको विकल्प नभएको दावी गर्दै आएका छन्।

यद्यपी त्यसपछिको पदाधिकारी उपाध्यक्ष, महासचिव र सचिवमा नेताहरुको तीब्र प्रतिस्पर्धा हुने निश्चित बनेको छ। माओवादीको इतिहासमा पहिलोपल्ट आन्तरिक नेतृत्व चयनको लागि बागमती प्रदेश अध्यक्षमा निर्वाचन हुनुलेपनि नेता व्यवस्थापनमा चुनौती रहेको पुष्टि गर्छ।

सम्मेलनमा नेतृत्वको होडवाजी हुनु कुनै अनौठो कुरा हैन। तर माओवादी केन्द्रको यो सम्मेलनमा पार्टी भन्दा बाहिरको कुनैपनि पाहुनालाई नबोलाउने निर्णयले यो सम्मेलनको संकेत र उद्देश्य बुझ्नु गाह्रो बनाएको छ।

मंगलबार माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीभन्दा बाहिरका कसैलाईपनि नबोलाउने बताएका छन्। तर नेपालका अधिकांक्ष पार्टीको महाधिवेशनमा नेपालका ठूला राजनीतिक दलहरुले अथितिका रुपमा देशका ठूला साना सबै दलका नेता साथै छिमेकी देश भारत र चीनका शिर्ष पार्टीलाई पनि निम्तो दिने चलन थियो।

तर यो पटक माओवादीले १५ सय ३३ जना पार्टीको प्रतिनिधिलाई मात्र बोलाएर सम्मेलन गर्ने भएको छ। केही दिन अघिमात्र अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले यो सम्मेलनमार्फत नयाँ सोच विचार निर्माण गर्ने बताएका थिए।

उनले भनेका थिए, ‘एमालेले चितवनमा धेरै मान्छे भेला पारेर पञ्च र्‍याली मात्र गर्‍याे। त्यहाँ कुनै नयाँ नीति र योजनाको बहस भएन,हाम्रो सम्मेलनले नयाँ सोच विचार सहितको नयाँ कार्यक्रममार्फत नेतृत्व चयन गर्ने छौँ।’

कस्तो नीति आउँछ ?

कांग्रेस र एमालेले नयाँ नेतृत्व चयन गरेपनि कुनैपनि नयाँ नीति र विचारमा बसह हुन सकेन। माओवादी नेतृत्वमा पनि प्रचण्डनै दोहोरिने कुरामा शंका छैन। तर कस्तो नयाँ, नीति र विचार परित गर्छ भन्ने कुरा आम चासोको विषय बनेको छ।

माओवादी नेता लिलामणि पोखरेलका अनुसार यो सम्मेलनले जनमुखी नीति ल्याउँने गरी यो सम्मेलन गरिएको हो। ‘यो सम्मेलनमार्फत नयाँ कार्ययोजना सहितको नयाँ नीति ल्याउँछौ त्यसका लागि लागी हामी पार्टीको आन्तरिक छलफलमा जुटिराखेका छौँ,’ पोखरेलले भने।’

नीति नयाँ ल्याउने भएपनि नेतृत्वमा पुरानै प्रचण्ड

तीन दशकभन्दा लामो समयसम्म पार्टीको नेतृत्वमा रहेको प्रचण्डको विकल्प यो सम्मेलनले पनि दिन नसक्ने निश्चित भइसकेको छ। उनको विकल्प यो सम्मेलनमा पनि खोज्न नसकिने पोखरेलको तर्क रहेको छ।

‘उमेरको आधारमा कुनैपनि नेतृत्वको विकल्प खोजिँदैन। विचार,नीति र सिद्धान्तको आधारमा विकल्प खोज्ने हो,’ पोखरेलले भने, ‘प्रचण्ड भनेको जनयुद्ध, शान्तिप्रक्रिया २०७२ सालको नयाँ संविधान निर्माण, संविधान निर्माण प्रश्चात संविधान कार्यान्वयनका लागि गरेको नेतृत्व, देशको स्थिरताको लागि नेकपा एकीकरणको नेतृत्वकर्ता, नेकपा विभाजनपछि देशमा उत्पन्न जटिल समस्याको रक्षा गर्न उहाँकै नेतृत्व आवश्य रह्यो। त्यसकारण उहाँ अलिकतिपनि सैद्धान्तिक र नीतिगत रुपमा विचलन नहुने नेता हो। अर्को कुरा उहाँले राख्नुभएको अहिलेसम्मको नीति र कार्यक्रममा पार्टीमा भिन्नता छैन। त्यसैले उहाँको विकल्प नखोजिएको हो।’

१० वर्षे सशस्त्र जनआन्दोलन गरेका र प्रचण्डको विकल्पमा बलियो दावी पेश गर्ने नेताहरु यतीबेला माओवादीमा नहुनुले पनि प्रचण्ड निर्विकल्प देखिएका छन्। जनआन्दोलनका सहयात्रीहरु डा.बाबुराम भट्टराई, मोहन बैद्य, रामबहादुर थापा ‘बादल’,नेत्रविक्रम चन्द ‘विप्लव’ अरु दलमै रहनुले पनि माओवादी भित्र प्रचण्डको शक्ति सन्तुलन नगुमेको माओवादी वृत्तमा चर्चा हुने गरेको छ। माओवादीको यो सम्मेलन २०७१ सालपछि हुन लागेको हो।

महाधिवेशन र सम्मेलनमा के फरक ?

मंसिर महिना महाधिवेशनमय बन्यो। एमालेले मंसिर १० गते देखि १३ गतेसम्म चितवनमा १० औँ राष्ट्रिय महाधिवेशन गर्‍याे। त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्‍याे। मंसिर २५ देखि २९ गतेसम्म कांग्रेसले १४ औँ महाधिवेशन गर्‍याे।

तर पुष ११ देखि १३ गतेसम्म माओवादीले भने राष्ट्रिय सम्मेलन गर्ने भएको छ। नेता पोखरेलका अनुसार महाधिवेशन र सम्मेलनमा सामान्य फरक रहेको बताउँछन्। ‘सम्मेलनमा बाहिरी अथितीलाई निमन्त्रणा गरिँदैन।

सम्मेलनमा पार्टीको आन्तरिक व्यवस्थापनदेखि पार्टीको नेतृत्व,नयाँ नीति वैचारिक कार्यदिशामा छलफल हुुन्छ। महाधिवेशनमा हुनेपनि यही नै हो। मुलभूतरुपमा अन्य दलका अथिति बोलाइर भाइचारा नदेखाई नेतृत्व चयन गर्नु नै सम्मेलन हो,’ पोखरेलले भने।

प्रचण्डपछि पार्टीको मुल नेतृत्वको दावेदारहरु

अध्यक्षमा प्रचण्ड निर्विकल्प भएपनि त्यसपछिका शक्तिशाली पद उपाध्यक्ष, महासचिव, सचिव लगाएतका पदाधिकारीमा किचलो देखिएको छ।

महासचिवमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसालको बलियो दावी रहेको माओवादी निकटस्थहरु बताउँछन्। माओवादी केन्द्रका एक नेताका अनुसार कृष्णबहादुर महरा राजनीतिक प्रतिशोधका कारण आफूलाई यौन काण्डमा फसाइएको र बदनाम भएका कारण जसरीपनि पार्टीबाट ‘सेफ ल्यान्डिङ’ खोजिरहेका छन्। उनको यो दावीलाई अध्यक्ष दहाललेपनि ‘ग्रिन सिग्नल’ दिएका छन्।

त्यसकारण महरालाई उपाध्यक्षको जिम्मेवारी दिएर शर्मा, पुन र भुसालमध्ये एकलाई महासचिव बनाउने तयारी भएको उनको विश्लेषण रहेको छ। पूर्वजनमोर्चा पृष्ठभूमिभएका वर्तमान उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कहाँ व्यवस्थापन गर्नेमा दाहाललाई ठूलो चुनौती रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *