विदेशीको सहयोगमा विपन्नलाई राहत

डिसी नेपाल
९ पुष २०७८ १९:४८

काठमाडौं। जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) कोे सहयोगमा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

उनले पाल्पाको निस्दी गाउँपालिकाको झिरुबास, ज्यामिरे, अर्चले लगायत विभिन्न ठाउँका नागरिकलाई राहत वितरण गरेका छन् । यहाँका ६३ घर परिवारलाई खाद्यान्नलगायत सामग्री उपलब्ध गराइएको छ । काकिमीले दैनिक मजदुरी गरेर खाने र घरको आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्न पाउदा आफूलाई खुशी लागेको बताएका छन् । अर्चलेमा ६३ घर परिवारलाई प्रतिघर ५० किलोको दरले चामल वितरण गरिएको छ ।

यसैबीच समाजसेवी काकिमीले कमला प्राथमिक विद्यालयको प्रवेशद्धार निर्माणका लागि रु एक लाख र सिन्दुर आधारभूत विद्यालयका लागि झोला अक्षय कोषबाट शैक्षिक सामग्री वितरण गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *