भारतमा ओमिक्रोनः नयाँ दिल्लीमा फेरि कर्फ्यू

डिसी नेपाल
१२ पुष २०७८ ७:४७
624
Shares

नयाँ दिल्ली। कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यू लगाउने भएको हो।

राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ। भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन्। उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ । नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो।

नयाँ दिल्लीबाहेक अन्य सहरहरुमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन्। अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुराँ, सांगीतिक क्लबलगायतका बढी भिडभाड हुने क्षेत्रहरुमा मानिसहरुको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएकाे छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *