आर्थिक क्रान्तिको आधार बन्दै शेयर बजार

डिसी नेपाल
१५ पुष २०७८ ८:०३

प्रविधिले पृथ्बी एक सानो गाउमा रुपान्तरण भैसकेको छ। यो ग्लोबल भिलेजमा पूँजी संकलन र परिचालनको केन्द्र शेयर बजार हो। जहाँ पूँजीका अंशहरु खरिद बिक्री गरिन्छ। विश्व अर्थव्यवस्थामा जल, जमिन र जंगलको सीमित उपभोग वा प्रयोग गरी प्रविधिको माध्यमबाट असीमित उत्पादन (प्रोडक्ट) को विश्वव्यापीकरण गरिन्छ।

अर्थतन्त्रको सञ्जाल विश्वका विभिन्न राष्ट्रहरुसँग जोडिएको छ। विश्वव्यापी रुपमा कम्पनीहरु स्थापना भई सोका उत्पादनहरु स्थापित र विस्थापित हुने क्रम निरन्तर चलिरहेको छ। शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रहरुले गरिब राष्ट्रहरलाई परनिर्भर बनाउन टेवा पुर्‍याएका छन्। कोर राष्ट्रहरुले उत्पादनहरु पेरीफेरी राष्ट्रका घरघरमा सस्तो मूल्यमा उपलब्ध गराई दिएका छन्।

स्वदेशी उत्पादनको लागत बढी हुने हुँदा स्वदेशी वस्तुहरु बजारबाटै विस्थापीत भई बाह्य उत्पादनले बजारको ठुलो हिस्सा ओगटेको छ। नेपालको सन्दर्भमा शेयर बजारले बेरोजगार युवा पुस्तालाई आकर्षण गरेको छ। लगानीका क्षेत्र पहिचान गरी सानो सानो पूँजी संकलन गरी अल्पकालीन र दीर्घकालीन लगानीमार्फत युवा पुस्ताले शेयर कारोबार गरिरहेका छन्।

नेपालको झण्डै ४२ खर्बको पूँजीवा शेयर बजारमा करिब ५० लाख लगानीकर्ता आवद्ध रहेका छन्। अल्पकालीन लगानीकर्ताहरुले कुनै पनि कम्पनीमा छोटो अवधीमा नै शेयर वा लगानी अंश खरिद बिक्री गरेर आम्दानी गर्ने गर्दछन् भने दीर्घकालीन लगानीकर्ताले कम्पनीको शेयर कित्ता वा लगानी अंश खरिद गरेर लामो अवधिसम्म लगानी गर्दछन् र बोनस शेयर तथा नगद लाभांश प्राप्त गर्दछन्।

शेयर बजारमा पूँजीको सानो वा ठूलो अंशहरु सजिलै खरिद बिक्री गर्न सकिने हुनाले पनि इच्छुक लगानीकर्ताहरुले सजिलै बजारमा आवद्ध हुन सक्छन्। पूँजी परिचालन गरी लाभ लिन सकिने बृहत क्षेत्र हो शेयर बजार। शेयर बजारमा लगानी स्वतन्त्रता रहन्छ। प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात र शेयरको खुद मूल्य अनुसार पूँजी बजारमा कम्पनीहरुको शेयर मूल्य फरक फरक हुन्छ।

बुलिस बजारमा बुल यानिकी साँढेका चरित्रहरुसँग बजारका सूचकहरु तुलना गरेको देखिन्छ भने वियरिस बजारमा वियर यानिकी भालुका चरित्रहरुसँग बजारका सूचकहरु तुलना गर्ने गरिन्छ। बुलिसमा बजारका सूचकहरु माथि तिर जान्छन् भने वियरिसमा बजारका सूचकहरु ओरालो तिर जाने गर्छन्।

प्रति शेयर आम्दानी र शेयरको खुद मूल्य बढी भएको राम्रो मानिन्छ भने मूल्य आम्दानी अनुपात कम भएका कम्पनीहरुमा लगानी गर्न योग्य मानिन्छ। कम्पनीहरुमा लगानी गर्नुपूर्व कम्पनीहरुको विस्तृत विवरण पत्र र कम्पनीको ३ वर्षको वित्तीय विवरण अध्ययन गर्नुका साथै कम्पनीहरुको सञ्चालक र कम्पनीको प्रकृति, कार्यक्षेत्र साथै कम्पनीको शेयर संरचनाको गहिरो अध्ययन गर्नु पर्दछ।

जोखिम न्युन भएका कम्पनीहरुमा लगानी गर्नु पर्दछ। लगानी गर्दा सबै क्षेत्र समेट्दा जोखिम बहन गर्ने क्षमता बलियो रहन्छ। लगानी सुरक्षा का विकल्पहरु तयारी अवस्थामा राख्नु पर्दछ। शेयर कारोबार गर्दा जोखिम र अवसरलाई गहिरो रुपमा परीक्षण गर्नुपर्छ। सम्भावनालाई चिरफार गरेर चेक जाच गर्दा प्राप्त परिणामहरुको आधारमा शेयर खरिद वा बिक्री गर्ने निर्णय लिनु पर्दछ। कम्पनीको आधारभूत परीक्षणले लाभ र विलाप को पूर्वाअनुमान गरी जोखिमरहित शेयर बजार यात्र तय गर्दछ।

कम्पनीको आधारभूत विश्लेषण गरेर मात्र लगानी गर्नु पर्दछ। बजारमा गलत प्रचार गरेर कम्पनीहरुका भ्रामक समाचारबाट सुरक्षित हुन आवश्यक छ। लगानी गर्नु भन्दा अगाडि सम्भावना र जोखीम परीक्षण अनिवार्य छ। शेयर बजार भनेको पूँजीको स्वामित्व खरिद बिक्री गरी हस्तान्तरण गर्ने माध्यम हो। पूँजी बजारमा स्वतन्त्र लगानीकर्ता रहन्छन्। स्वपूँजी लगानी र ऋणपूँजी लगानी पनि गर्ने गर्दछन्।लगानीकर्ताको मुख्य उद्देश्य भनेको पुँजीका अंश लगानी गरी आय आर्जन गर्ने रहेको हुन्छ।

शेयर बजारका सूचकहरु बढ्ने र घट्ने गर्दछन्। सामान्यतया सूचकहरु बढ्दा शेयर मूल्यहरु बढिरहेका हुनछन् भने सुचकहरु घट्दा शेयर मुल्यहरु पनि घटिरहेका हुन्छन्। शेयर बजार बुलिस र वियरिस प्रकृतिको रहन्छ। बुलिस बजारमा बुल यानिकी साँढेका चरित्रहरुसँग बजारका सूचकहरु तुलना गरेको देखिन्छ भने वियरिस बजारमा वियर यानिकी भालुका चरित्रहरुसँग बजारका सूचकहरु तुलना गर्ने गरिन्छ।

बुलिसमा बजारका सूचकहरु माथि तिर जान्छन् भने वियरिसमा बजारका सूचकहरु ओरालो तिर जाने गर्छन्। लगानीकर्ताका लागि दुबै सूचक अवधि राम्रो नै मानिन्छ तर पनि अल्पकालीन लगानीकर्ताको लागि जोखिम बढी रहन्छ। अल्पकालीन लगानीकर्ताले बुलिस बजारमा लगानी गरी बजार वियरिसमा प्रवेश गर्यो भने अल्पकालीन लगानीकर्ताको लगानी जोखिममा परेको हुन्छ।

सोही अवस्थामा शेयर बिक्री गरी बजारबाट विस्थापित हुने हो भने ठूलो आर्थिक क्षति हुन्छ। जोखिम कम गर्न बजार सम्भावनालाई सुक्ष्म परिक्षण गरेर वियरिस अवधि चिरफार गरी अनुसन्धान गर्ने, राज्यका नीति नियम, देशको अर्थव्यवस्था, कम्पनीको वित्तीय विवरण आदि विषयको गहिरो अध्ययन गरी घट्दो बजारमा शेयर बिक्री गरी न्युनतम बिन्दुमा बजारको घट्नेक्रम रोकिए पछि फेरि शेयर किनेर लाभ लिन सकिन्छ। उदाहरणः

शुरुको प्रतिशेयर खरिद मुल्य रु.१००० (नविल बैंकको शेयर खरिद)

प्रतिशेयर बिक्री मुल्य रु.९०० (रु.१०० घाटा सहित नविल बैंकको शेयर बिक्री)

पुनः प्रतिशेयर खरिद मुल्य रु.८००(नविल बैंकको शेयर खरिद)

पुनः प्रतिशेयर बिक्री मुल्य रु.९५० (रु.१०० घाटा पुर्ती र रु.५० नाफा सहित नविल बैंकको शेयर बिक्री)

सूचकहरु घटिरहेको शेयर बजारमा पनि नविल बैंकको शेयर खरिद बिक्री गरेर लाभ वा नाफा कमाउन सकिन्छ भनेर देखाइएको उदाहरण एक काल्पनिक विषय मात्र हो। अन्य जुनसुकै कम्पनीमा पनि बजारका सूचकहरु हेरेर आम्दानी गर्न सकिन्छ अल्पकालीन समयमा। वियरिस बजारमा यसरी शेयर खरिद बिक्री गर्दा कम्तीमा ५० प्रतिशत शेयर कारोबार गर्दा राम्रो लाभ लिन सकिन्छ। तर जोखिम परिक्षण चुस्त दुरुस्त हुनुपर्छ।

बजारका सूचकहरुलाई कैद गरेर ५-१० पटक सम्म एवम् तरिकाले शेयर कारोबार गर्दा छिटो लाभ लिन सकिन्छ र जोखिम कम हुँदै जान्छ। बुलिस बजारमा सुचकहरु पनि बढेका हुन्छन्। जोमिम पनि बढी नै हुन्छ। लगानीको लागि विनियोजित वा छुट्टयाएको बजेटको कम्तीमा ८० प्रतिशत लगानी गर्दा उपयुक्त मानिन्छ।

शेयर मुल्य बढिरहदा ५-१० वा १०-२० प्रतिशत नाफा हुँदा शेयर मुल्य अनुसार कम्तीमा ५० प्रतिशतशेयर बिक्री गरी लाभ लिनुपर्दछ र बजार ५-१० वा १०-२० प्रतिशत शेयर मुल्य घट्दा फेरि शेयर खरिद गर्नु उत्तम विकल्प हो। जोखिम घटाउदै लगानी र आम्दानी बढाउदै लग्ने यो बिधी शेयर कारोबारको उत्तम विधि हो।

बुलिस बजारमा शेयर किन्दा एकासी बजार वियरिसमा गयो भने बाँकी शेयर कारोबारका लागि संचित गरिएको २० प्रतिशत पुँजी वियरिसमा गएको न्युनतम विन्दु भेट्ने गरी पुनः लगानी गर्नुपर्दछ। यसले गर्दा बजारमा टिकिरहन मद्धत गर्दछ। ५-१० वा १०-२० प्रतिशत बजार सूचक माथितर्फ धकेलियो भने ५० प्रतिशत शेयर खरिद बिक्री गरी लाभ लिन सकिन्छ। कुल पूँजी लगानीको ५० प्रतिशत बोनस शेयर र नगद लाभांसको लागि राख्दा जोखिम कम हुने र आम्दानी बृद्धि हुने गर्दछ। हाल नेपालमा १ बर्ष कम अवधीकको पूँजीगत लाभमा ७.५ कर लाग्दछ भने १ वर्ष भन्दा बढी अवधीको पूँजीगत लाभमा ५ प्रतिशत कर लाग्ने गरेको छ।

नेपालको पूँजी बजारको विकास आधारभूत चरणमा रहेकोले आगामी दिनमा यसको क्षेत्र व्यापक बन्दै लगानी परिचालन सक्रिय हुने अनुमान छ। विदेशिएका करिब ५० लाख युवा जनशक्तीको केन्द्र शेयर बजार हुने प्रक्षेपण गर्न सकिन्छ। पुँजी संकलन र परिचालनमा नेपाल सरकारले विदेशिएका युवाहरुलाई सहजता प्रदान गरेको छ।

पूँजी बजारमा बुलिस र वियरिस सूचकहरु आउने जाने क्रम चलिरहन्छ तर दुबै अवस्थामा अवसरहरु प्रर्याप्त रहन्छन्। बुलिस र वियरिस बजारमा भित्रीने र बाहिरीने बाटोहरु कैद गरेर राख्नु पर्दछ। जोखिम कम गर्न धेरै समय खर्चनु पर्ने हुन्छ।

सबै लगानीकर्ता अवसरको पर्खाइमा रहने हुदा अवसरको क्षेत्र र विन्दु पहिचान गर्न गति प्रदान गर्नु पर्दछ। बजारमा उपस्थिति बलियो बनाउने हो भने समग्र पूँजीबजार व्यवस्था, अर्थतन्त्र प्रणाली र कम्पनीको वास्तविक वित्तीय अवस्था तथा विवरण पत्रको प्रक्षेपण सुक्ष्यम अध्ययन गर्नु जरुरी हुन्छ। वित्तीय क्षेत्र पहिचान कैद गर्दै आय क्षेत्र व्यापक बनाउनु पर्छ।

नेपालको पूँजी बजारको विकास आधारभूत चरणमा रहेकोले आगामी दिनमा यसको क्षेत्र व्यापक बन्दै लगानी परिचालन सक्रिय हुने अनुमान छ। विदेशिएका करिब ५० लाख युवा जनशक्तीको केन्द्र शेयर बजार हुने प्रक्षेपण गर्न सकिन्छ। पुँजी संकलन र परिचालनमा नेपाल सरकारले विदेशिएका युवाहरुलाई सहजता प्रदान गरेको छ।

वित्तीय क्षेत्रले पनि विदेशबाटै डिम्याट खाता खोल्ने सुविधा प्रदान गरेको छ। उनीहरुले विदेशबाटै विभिन्न कम्पनीहरुमा लगानी गर्न सक्छन्। पूँजी वा शेयर बजारमा इन्टरनेटको माध्यमबाट गाँउदेखि शहरका मानिसहरुले सहजै प्रवेश गर्न सक्छन्।

पूँजी बजारलाई जुवा, तास वा अनउत्पादक क्षेत्र भनेपनि यो विवेकहीन भनाइ हो। पूँजी बजारमा विविध क्षेत्रका कम्पनीहरु सूचिकृत भएका हुन्छन । जस्तैः बैंक, फाइनान्स, लघुवित्त, इन्स्योरेन्स, लगानी, उत्पदन तथा प्रशोधन कम्पनी र अन्य।

पूँजी बजारमा कम्पनीहरुको वित्तीय स्थिति अनुसार शेयर मूल्य कम वा बढी हुने गर्दछ। शेयर मुल्य मुख्यत कम्पनीको आम्दानीमा निर्भर गर्दछ। शेयर बजार सम्पन्न र विपन्न वर्गका मानिसहरुको केन्द्र विन्दु नै मानिन्छ। आर्थिक अभियान, जागरण र क्रान्तिको रुपमा शेयर बजारलाई लिन सकिन्छ।

शेयर बजारबाट कहिलेकाही नसोचोको आकस्मिक लाभ लिन सकिन्छ। कम मुल्य पर्ने शेयरमा भएको लगानीले कम्पनीको वित्तीय सूचकहरुमा आकस्मिक परिवर्तन हुँदा वा अस्वभाविक परिवर्तनले हामीलाई छोटो समयमै आकस्मिक लाभ मिल्ने गर्दछ।

शेयर बजार लगानी र आम्दानीको असीमित क्षेत्र हो। आर्थिक क्रान्तिको आधार शेयर बजारमा आवद्ध मानिसहरु शेयर नशाले आक्रान्त बनेका हुन्छन्। शेयरमा तिब्र चासो र नयाँ नयाँ सूचनाको अपेक्षामा केन्द्रित रहन्छन्। लगानी र आम्दानीलाई गति प्रदान गर्न आतुर भएर बसेका हुन्छन्। कसैले लगानीको प्रतिफल तुरुन्तै चाहेका हुन्छन् भने कसैले केही समय पर्खेर लाभ लिने तयारीमा रहन्छन्।

शेयर बजारमा क्रेता र बिक्रेताको ठूलो भिडभाड हुन्छ। अभौतिक रुपले इन्टरनेटमार्फत शेयर मूल्यको कडा मोलमोलाई गरिन्छ। आफूले चाहेको मुल्यमा शेयरको खरिद बिक्री गर्ने गरिन्छ। अर्थतन्त्रको विश्वव्यापिकरण भएको अवस्थामा वस्तु तथा सेवामा कम लागत साथै उच्च गुणस्तरीयतामा ध्यान दिएको पाइन्छ। वस्तु र सेवा प्रविधिसँग जोडेर विश्वभर पहुँच बनाएका बहुराष्ट्रिय कम्पनीहरुले अर्थतन्त्रलाई आफ्नो राष्ट्र केन्द्रित बनाएका छन्।

विश्वव्यापीकरण भित्र पूँजी बजार यानिकी शेयर बजार एक विशाल आर्थिक क्रान्तीको केन्द्र भएकोले घर, समाज र राष्ट्रमा आर्थिक क्रान्तिको विगुल फुकेर वित्तीय ज्ञान, सीप र पहुँच विस्तार गर्न आवश्यक छ। शेयर बजार गरिबी चिरफार गर्दै समृद्धि उन्मुख डोर्याउने खुल्ला वित्तिय विश्वविद्यालय हो जहाँ सबैले स्वतन्त्र आर्थिक क्रियाकलापसञ्चालन गरी घर, समाज र राष्ट्रको अर्थव्यवस्थामा योगदान गर्दछन्।

(लेखक आर्थिक विज्ञ हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *