सुपरस्टार महेश बाबुका दाजुको निधन

डिसी नेपाल
२५ पुष २०७८ १३:१७

काठमाडौं। साउथ सुपरस्टार महेश बाबुका दाजु रमेश बाबुको निधन भएको छ । शनिबार अबेर राती उनको निधन भएको हो । ५६ वर्षका अभिनेता तथा निर्माण रमेश बाबु लामो समयदेखि कलेजो सम्बन्धी रोगसँग जुधिरहेका थिए । रमेश बाबुको निधनको खबर यस्तो समयमा आएको छ जतिबेला महेश बाबु आफैं कोरोना पोजेटिभ छन् र आइसोलेसनमा बसिरहेका छन् ।

रमेश बाबुको निधनको खबर सार्वजनिक भएपछि दक्षिण भारतीय फिल्मका फ्यान र साउथ इण्डष्ट्रीका सेलिब्रेटीहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । फिल्म निर्माता बीए राजुले रमेश बाबुप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै शुभचिन्तकहरुसँग उनको अन्तिम संस्कार र अन्तिम यात्राका क्रममा कोरोना गाइडलाइनको ख्याल गर्न आग्रह गरेका छन् । सुपरस्टार चिरञ्जीवी, साइ धरम तेज लगायतले पनि सामाजिक संजालमार्फत श्रद्धाञ्जली दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *