आफ्नो गोप्य फोटो भाइरल भएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले के भनिन् ?

डिसी नेपाल
२६ पुष २०७८ १६:०५

काठमाडौं। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको एउटा गोप्य फोटो लिक भएपछि अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । फोटोमा ज्याकलिन सुकेश चन्द्रशेखरको साथमा छिन् । फोटोमा सुकेशले ज्याकलिनको नाकमा किस गरिरहेका छन् जहाँ ज्याकलिनको घाँटीमा लब भाइट देखिन्छ । यो फोटो भाइरल भएपछि ज्याकलिनले यस विषयमा आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

ज्याकलिनले मिडियाकर्मीहरुलाई यो फोटो शेयर नगरिदिन अपिल गरेकी छिन् । सुकेश भारतमा मनी लण्ड्रिङ केसका आरोपी हुन् । उनीमाथि २०० करोड घोटाला गरेको आरोप छ । सुकेशसँग ज्याकलिनको पनि सम्बन्ध रहेको जाँचमा खुलेपछि केही समयअघि मुम्बइ पुलिसले ज्याकलिनलाई मुम्बइ विमानस्थलबाटै पक्राउ गरेको थियो । ज्याकलिनले आफ्नो सुकेशसँग सम्बन्ध नभएको दावी गरेकी थिइन् तर यसरी फोटो भाइरल हुन थालेपछि उनको संकट बढ्दै गइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *