हलिउड अभिनेत्रीको प्रेममा सलमान खान !

डिसी नेपाल
२६ पुष २०७८ १६:३५

काठमाडौं। प्रेमका विषयमा सलमान खानको चर्चा हुन थालेको धेरै वर्ष भयो । सलमानको लभ लाइभ चर्चामा रहन्छ । कैयौं अभिनेत्रीहरुसँग सलमानको लिंकअपका खबर बेलाबेलामा आइरहे । सलमानले भने सधैं आफूलाई सिंगल नै बताए । पछिल्लो समय सलमानको नाम एक हलिउड अभिनेत्रीसँग जोडिएको छ । सलमान खान र हलिउड अभिनेत्री समंथा लकवुडको रिलेसनसिपको खबर अहिले टक अफ द टाउन भएको छ ।

यो खबर यतिसम्म फैलियो कि स्वयं समंथाले यस विषयमा बोल्नुपरेको छ । समंथाले बलिउड हंगामालाई दिएको एक अन्तरवार्तामा यस विषयमा कुरा गर्दै भनिन् ‘मलाई लाग्छ मानिसहरु धेरै कुरा गर्छन् । मलाई यो पनि लाग्छ कि केही नहुँदा पनि मानिसहरु धेरै कुरा बोल्छन् । मैले सलमानलाई भेटेकी छु उनी असल मान्छे छन् । यसबारेमा भन्नको लागि केवल यति मात्रै छ । मैले बुझ्न सक्दिन मानिसहरुले यति धेरै आइडिया कहाँबाट पाउँछन् ।’

उनले अगाडि भनिन् ‘मेरो मतलब हो मैले उनीसँग भेटें, मैले ऋतिक रोशनसँग पनि भेटें । तर, ऋतिक र मेरो बारेमा त कसैले केही भनेनन् । त्यसैले मलाई थाहा छैन कि यी खबरहरु कहाँबाट आउँछन् ।’ समंथाले आफ्नो अन्तरवार्ताको क्रममा आफूलाई मन पर्ने बलिउड फिल्म सलमान खानको फिल्म सुल्तान भएको पनि बताइन् । समंथा केही दिनअघि सलमान खानको पनवेलस्थित फार्महाउसमा सलमानको जन्मदिनको पार्टीमा सहभागी भएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *