लता मंगेशकरलाई कोरोनासँगै निमोनियाको पनि संक्रमण, अहिले कस्तो छ अवस्था ?

डिसी नेपाल
२८ पुष २०७८ १३:३०

काठमाडौं। प्रसिद्ध भारतीय गायिका लता मंगेशकरलाई अहिले पनि आइसीयूमा राखिएको छ । कैयौं नेपाली गीतमा पनि स्वर दिएकी र भारत रत्न सम्मानबाट सम्मानित गायिकालाई हिजो मुम्बइको ब्रिच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

समाचार एजेन्सी एएनआइसँग ब्रिच क्याण्डी अस्पतालका डाक्टर प्रतीत समधानीले बताएअनुसार लता मंगेशकरलाई कोभिडको साथमा निमोनियाको पनि संक्रमण भएको छ । डा. समधानीका अनुसार लतालाई अझै १०–१२ दिन अस्पतालमा डाक्टरको निगरानीमा राखिनेछ ।

९२ वर्षकी लतालाई हिजो कोभिड संक्रमण पुष्टि भएपछि मुम्बइको ब्रिच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । उनकी भतिजी रचनाले समाचार एजेन्सी पीटीआइसँग बताएअनुसार लताको अधिक उमेरलाई मध्यनजर गर्दै पूर्वसावधानीको रुपमा उनलाई आइसीयूमा राखिएको छ ।

रचनाले शुभचिन्तकहरुसँग लता दिदीका लागि प्रार्थना गर्न अपिल गरेकी थिइन् । डाक्टरअरुका अनुसार उनको अधिक उमेरका कारण उनलाई ठिक हुन अरुलाई भन्दा बढी समय लाग्न सक्छ । लताका प्रशंशक भारमा मात्र नभएर भारतभन्दा बाहिर पनि लाखौंको संख्यामा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *