अर्जुन कपूर र मलाइका अरोराको ब्रेकअप

डिसी नेपाल
२८ पुष २०७८ १५:४३

काठमाडौं। बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोराको ब्रेकअप भएको छ । यी दुईले आ–आफ्नो बाटो अलग गरेको रिपोर्टमा जनाइएको छ । सूत्रका अनुसार विगत ६ दिनदेखि मलाइका घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा गएकी छिन् । उनी निकै दुःखी भएको र केही समयका लागि बाहिरी दुनियाबाट टाढा रहन चाहेको बताइएको सूत्रको हवाला दिँदै बलिउड लाइफले जनाएको छ ।

अर्जुन कपूर पनि विगत केही दिनदेखि मलाइकालाई भेट्न गएका छैनन् । तीन दिन पहिले अर्जुन आफ्नी बहिनी रिया कपूरको घर गएका थिए । त्यहाँ डिनरको कार्यक्रम थियो । मलाइकाको घरको नजिकै रिया बस्छिन् तर त्यति नजिक जाँदा पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । मलाइका पनि पहिले यस किसिमका पारिवारिक डिनरमा अर्जुनको साथमै जान्थिन् तर यसपटक उनी पनि गइनन् ।

यसअघि अर्जुन जहिले पनि मलाइकाको घरको आसपास हुँदा मलाइकालाई भेट्न जान्थे । तर, त्यस दिन अर्जुन पनि गएनन् । अर्जुन रिया कपूरको घरबाट सिधै आफ्नो घर आए । अर्जुन र मलाइकालाई प्रायः कफी वा डिनर डेटमा भेटिन्थ्यो तर लामो समयदेखि उनीहरु यसरी साथमा देखिएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *