मन्त्री झाँक्रीकाे अभिव्यक्तिप्रति बास्काेटाकाे कटाक्ष-तिमी छौ र त हाम्रो देशभक्ति बाँचेकाे छ

डिसी नेपाल
४ माघ २०७८ १४:१९
932
Shares

काठमाडौं। पूर्वमन्त्री गोकुल बास्कोटाले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीप्रति लक्षित गर्दै तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बाँचेको छ भन्दै व्यंगात्कम कटाक्ष गरेका छन्।

मन्त्री झाँक्रीले  हिमालय टेलिभिजनकाे कार्यक्रम ‘यक्ष प्रश्नमा’ कालापानी क्षेत्रबारे  मन्त्री बोल्न मिल्दैन यो विषयमा अभियान्ताले मात्र बोल्न मिल्छ भन्ने अभिव्यक्ति दिएपछि बास्कोटाले आलोचनात्मक टिप्पणी गरेका हुन्।

उनले सामाजिक संजालमा भने ‘एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो- कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ।धन्य, हाम्रो अग्रगामी सरकार !  तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बाँचेको छ।’


मन्त्री झाँक्रीको यो अभिव्यक्तिपछि बास्कोटाले डिसी नेपालसँगको कुराकानीमा पनि उनको गैरजिम्मेवार अभिव्यक्ति देशको हितमा नरहेको तर्क गरेका छन्। ‘मन्त्री जस्तो जिम्मेवार पदमा रहेर गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ।’ बास्कोटाले भने।

मन्त्री झाँक्रीले के भनेकी थिइन्?
म सरकारको मन्त्री नभएर एउटा अभियन्ता हुन्थेँ भने एउटा स्पीज बोल्थेँ, सरकारले आफ्नो डिप्लोम्याटिक मिसनमार्फत कुरा गर्ने हो। बाहिर बोलेर धेरै गिजोल्ने इस्यू पनि होइन जस्तो लाग्छ। किन भने हाम्रो बा (केपी ओली)  धेरै बोलेर पनि बिग्रिएको हो। त्यसकारण बा भन्दा दाइ (शेरबहादुर देउवा) थोरै बोल्नुहुन्छ। दाइ थोरै बोलेर ठिक बोल्नुहुन्छ भन्ने विश्वास छ मलाइ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *