कृष्णभीर पहिरोमाथिबाट नयाँ सडकको बाटो खोल्न सुरु
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहिरो गएको स्थानभन्दा माथिल्लो भागबाट नयाँ सडकको बाटो खोल्ने काम सुरु गरिएको छ।
हालसम्म दुवैतर्फ गरी करिब ५० मिटर प्रारम्भिक बाटो खनिएको छ। उक्त बाटोबाट अहिले उत्खनन गर्ने मेसिन आवतजावत गर्न मिल्ने गरी काम भइरहेको र तोकिएको योजनाअनुसार सावधानीपूर्वक बाटो खोल्ने काम अघि बढाइएको छ।
सडक विभागका अनुसार करिब ३७० मिटर नयाँ बाटो खोल्नुपर्नेछ। पहिरो गएको स्थानको अवस्थाअनुसार २७ मिटरसम्म माथिल्लो भागबाट नयाँ बाटो खोल्न लागिएको हो।
नयाँ सडक करिब ७ मिटर चौडाइको बनाउने गरी काम भइरहेको छ। बाटो खोल्न बिहीबारदेखि रुख काट्ने तथा सडक छेउमा रहेका तारजालीका संरचना हटाउने कामसमेत सुरु गरिएको थियो।
सडक विभागले यातायात सञ्चालन सहज बनाउन नयाँ बाटो खोल्ने कामलाई तीव्रता दिइएको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment