एमालेले भन्याे- सर्वदलीय बैठकबारे हामीलाई कुनै जानकारी प्राप्त छैन

डिसी नेपाल
८ माघ २०७८ ९:५५

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वदलीय बैठकबारे कुनै जानकारी प्राप्त नभएकाे बताएकाे छ। स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहानका लागि सर्वदलीय बैठक बाेलाएका थिए।

प्रधानमन्त्री देउवाकाे सचिवालयले एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई बैठकमा बाेलाएकाे बताएकाे थियाे। तर, एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालद्वारा जारी सूचनामा ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं’ उल्लेख छ । याे सूचना एमालेकाे आधिकारिक फेसबुक पेजमा राखिएकाे छ।

एमालेले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै रहेकाे बताएकाे छ। प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *