प्रहरी र सशस्त्र प्रहरीको संगठन व्यवस्थापन तथा सर्वेक्षण गर्न ‘ओएन्डएम’ समिति गठन

डिसी नेपाल
१२ माघ २०७८ १८:१७

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद बैठकले ओएण्डएम गर्न सैद्धान्तिक सहमति दिएपछि मन्त्रालयले बुधबार समिति गठन गरेको हो ।

गृहमन्त्री बालकृण खाणले सह–सचिव एवम् गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेका हुन् । पोखरेल नेतृत्वको समितिमा गृृह, अर्थ र कानुन मन्त्रालयका एक\एक जना उपसचिव तथा नेपाल प्रहरी र सशस्त्रका एक\एकजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सदस्य रहेका छन् ।

नेपाल प्रहरीबाट डीआईजी ईश्वरबाबु कार्की र सशस्त्रबाट राजु अर्याल समितिमा सदस्य रहेको गृहमन्त्रालयले जनाएको छ । सो समितिले ओएण्डएम प्रतिवेदन बुझाएपछि मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीको दरबन्दी थप गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *