प्रधानमन्त्री बालेन्द्र शाह र अष्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता
विपद् व्यवस्थापन र सहकार्यमा जोड
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच शुक्रबार बिहान १० बजे टेलिफोन वार्ता भएको छ।
संवादका क्रममा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँगको यो कुराकानी निकै महत्त्वपूर्ण रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे।
नेपालको यस विपद्मा उद्धार तथा राहत कार्यका लागि अष्ट्रेलियाले पठाएको विशेषज्ञ ड्रोन अपरेटरको टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोगका लागि उनले विशेष आभार प्रकट गरे।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले बाढीका कारण नेपालमा बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी कार्यलाई पनि तीव्रता दिइएको जानकारी दिए।
नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले विपद्को यस घडीमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य रहने स्पष्ट पारे।
सो संवादका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले बाढी र विपद्का कारण नेपालले भोगिरहेको कठिन परिस्थितिप्रति गहिरो चासो र चिन्ता व्यक्त गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment