राष्ट्रिय सभा चुनावः एमालेले ८ मध्ये ७ सिट गुमायो

डिसी नेपाल
१२ माघ २०७८ २०:१९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो । जसको मत परिणाम सार्वजनिक भइसकेको हो ।

निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४\४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ ।

आजको निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *