एचआईडीसीएलको ३ करोड ३० लाख कित्ता संस्थापक सेयर लिलामीमा

डिसी नेपाल
२३ माघ २०७८ ९:०२

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले ३ करोड ३० लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ। कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ। यस अनुसार लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेका छन्। लगानीकर्ताले यसमा न्युनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्यामा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस सेयरमा फागुन १ गतेदेखि फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्।

लगानीकर्ताहरुले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालय वा ग्लोब आईएमई बैंकका शाखाहरु बिर्तामोड, हुनमानदास रोड (विराटनगर), जनकपुर, आदर्शनगर (वीरगन्ज), हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पनि गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *