नेकपाका पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ केन्द्रीय सदस्य एमालेमा प्रवेश

डिसी नेपाल
२५ असार २०८३ १४:४५

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यहरू औपचारिक रूपमा नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार कार्कीसहितका नेताहरूलाई पार्टीमा खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन्। एमाले प्रवेश गर्ने केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) लगायतका नेताहरू छन्।

पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले नयाँ भित्रिएका नेताहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने र उनीहरूको आगमनले संगठनलाई थप सुदृढ र गतिशील बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

नेकपा परित्याग गरी एमाले रोजेका नेताहरूले मुलुकमा कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिन र देशको समृद्धिका लागि एमालेकै नीति र नेतृत्व बलियो हुनुपर्ने भएकाले आफूहरू यो निर्णयमा पुगेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *