हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
२३ माघ २०७८ १०:४४

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाला सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *