निजी क्षेत्रद्वारा दूधमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय

डिसी नेपाल
२८ माघ २०७८ २१:३१
28
Shares

काठमाडौ । नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले शुक्रबार संयुतm रुपमा पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको घोषणा गरेका हुन् ।

त्यसैगरी किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको छ । सो मूल्यको दूधमा चार प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफको गुणस्तर कायम हुनुपर्छ । पहिला स्ट्यान्डर्ड प्रशोधन गरिएएको दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ थियो भने अब ५०० एमएलको एक प्याकेटको खुद्रा बिक्रि मूल्य ४३ रुपैयाँ रहेको छ । डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले दूधको मूल्यबारे पटकपटक सरकार र सम्बन्धित निकायलाई सल्लाह र सुझाव दिँदासमेत बेवास्ता भएपछि आफूहरूले मूल्य घोषणा गर्न बाध्य भएको जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *