मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा आइतबार दियो सार्वजनिक बिदा

डिसी नेपाल
२८ माघ २०७८ २१:४७

काठमाडौं । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ।आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयले सूचना जारी गरी फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश भर सार्वजनिक विदा दिइएको जनाएको छ । सूचनामा मन्त्री भरतप्रसाद शाहको हस्ताक्षर रहेको छ ।

२०५२ फागुन १ गतेदेखि माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको थियो जसलाई उसले जनयुद्द भन्ने गरेको छ । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *