रुस–युक्रेन विवादका कारण चर्चा चुलिएकी यी बलिउड अभिनेत्री को हुन् ? हेर्नुहोस् २५ तस्वीरहरु

डिसी नेपाल
११ फागुन २०७८ १३:४९

काठमाडौं। रुस र युक्रेनबीच जारी युद्धको अवस्थाले पूरै विश्व तरंगित छ । अहिले विश्वमा सबैभन्दा धेरै चर्चा यही विषयको छ । तर, यो विवादका कारण एक जना बलिउड अभिनेत्रीको पनि चर्चा चुलिएको छ । यी अभिनेत्रीको यसरी चर्चा बढ्नुको कारण हो उनी युक्रेनकी हुन् । पछिल्लो एक दशकभन्दा धेरै समयदेखि बलिउडमा सक्रिय रहेकी अभिनेत्री तथा मोडल नतालिया कोजेनोभा युक्रेनी भएकै कारण अहिले उनको चर्चा बढेको छ ।

नतालिया बलिउडमा नयाँ नाम होइन । उनले बलिउडमा सहायक र अतिथि भूमिका गरेकी छिन् तर उनको ग्ल्यामरस छविका कारण उनी बलिउड फ्यानहरुबीच लोकप्रिय भइसकेकी छिन् । उनको पहिलो हिन्दी फिल्म अतिथि तुम कब जाओगे थियो । अजय देवगन, कोंकणा सेन र परेश रावल स्टारर यो कमेडी फिल्ममा नतालियाले अतिथि भूमिका निभाएकी थिइन् । त्यसपछि उनी २०१२ मा अंजुना बीच फिल्ममा देखिइन् ।

अंजुना बीच नतालियाको सबैभन्दा लोकप्रिय फिल्म हो । उनी यो फिल्ममा मुख्य भूमिकामा थिइन् । यो फिल्म सत्य घटनामा आधारित हो जसमा गोवाको समुद्र किनारमा भएको विदेशी महिलाको मृत्युले पूरै भारतमा सनसनी फैलाइदिएको थियो । नतालियालाई यो फिल्मका लागि सबैभन्दा धेरै चिनिन्छ ।

त्यसपछि उनी सुपर मोडल, तेरे जिस्म से जान तक, बोले इण्डिया जय भीम, लभ भर्सेज ग्याङस्टर लगायतका फिल्ममा देखिइन् । आफ्नो बोल्ड सिनका कारण चर्चामा रहने नतालिया बलिउड अभिनेता अर्जुन रामपालको साथमा फिल्म द ब्याटल अफ भिमा कोरेगांवमा पनि देखिँदैछिन् ।

यसबाहेक उनको अर्को फिल्म एभिल डेड इज ब्याक पनि आउँदैछ जसमा उनी मोनिकाको भूमिकामा हुनेछिन् । उनले म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । नतालियालाई गंदी बात सिरिजका लागि पनि चिनिन्छ । उनले बल्ट बालाजीको चर्चित सिरिज गंदी बात सिजन ४ मा एक एपिसोड गरेकी थिइन् । यसमा उनी क्रिस्टीको भूमिकामा थिइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *