१५५ जना कोरोना सङ्क्रमित थपिए, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार १५२ जनामा परीक्षण गर्दा १५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । २ हजार २३९ जनामा पीसीआर परीक्षण गरिएकोमा १०१ जनामा र २ हजार ९१३ जनामा एन्टीजेन परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ५४० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ८ हजार ८३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।







डिसी नेपाल








Facebook Comment