यातायात बन्द गराउँदै हिँडेका १७ जना पक्राउ
बुटवल। बजार तथा यातायात बन्द गराउँदै हिँडेका १७ जना बन्दकर्ता बुटवलबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार बुटवलको बसपार्क र हस्पिटल लाइनबाट उनीहरू पक्राउ परेका हुन् ।
वामपन्थी नेता तथा कम्युनिष्ट संग्रलायका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, वीरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरालगायत १७ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
यस्तै पाल्पा, अर्घाखाँचीलगायत देशका विभिन्न स्थानबाट पनि प्रहरीले बन्दकर्ताहरूलाई पक्राउ गरेको छ । बुटवलमा बन्दको प्रभाव आंशिक रूपमा परेको छ। सार्वजनिक गाडी नचले पनि निजी गाडी निर्वाध रूपमा चलेका छन् । बजार पनि आंशिक खुलेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment