धन लाभ हुनु अघि मिल्छन् यस्ता संकेत

डिसी नेपाल
२३ फागुन २०७८ १२:०९

काठमाडौं । हाम्रो जिवनका विभिन्न अवस्थामा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।  विश्व वैज्ञानिक युगमा प्रवेश गरिसकेको अवस्थामा यस्ता कुराहरुलाई पत्याउन सजिलै मान्दैनन् ।  तर पनि धर्मशास्त्रहरुमा शुभ र अशुभ विषयबारे उल्लेख गरिएको पाइन्छ ।

भविष्यमा हुने सक्ने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ भन्ने कुरा हामीले धर्मशास्त्रहरुमा भेटाउन सक्छौं । केही यस्ता संकेत हुन्छ त्यसलाई सम्झनु आवश्यक हुन्छ किन कि त्यस्ता संकेतले धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छ ।

यी हुन् धन लाभ हुनु अघि पाइने संकेतहरु:

–यदि तपाईको दाहिने भाग वा हातमा लगातार चिलाइरह्यो भने पनि तपाई धन प्राप्त हुन सक्छ ।

–सपनामा आफ्नो टाउको खुइलिएको देख्दा पनि धन प्राप्त हुन्छ ।

–सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देखेमा ।

– विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो वस्त्रमा देखे पनि धन लाभ हुने संकेत हो ।

–विहान सुतेर उठेको समयमा कोही माग्ने वा जोगी तपाईको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउने । किनकि तपाईलाई नमागी कनै धन प्राप्ती हुन्छ ।

–सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ ।

–धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।

– सपनामा मोती,गगा,हार,मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *