नागार्जुनमा एकसाथ विष पिउने ५ जनाको परिवारले लेखेको सुसाइड नोट भेटियो

डिसी नेपाल
२४ फागुन २०७८ ११:२३
3.7k
Shares

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति विष पिएको परिवारका सदस्यहरु आफूहरु संयुक्त रुपमा विदा हुदैछौ भनेर लेखेको सुसाइट नोट फेला परेको छ । ‘हामी सयुक्त रुपमा विदा हुदैछौ’ भन्ने सुसाइट नोट भेटिएको प्रहरीले जनाएको छ ।

विष पिएका मध्ये ४ जनाको गम्भीर अवस्थमा उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको छ । ६२ वर्षीया इन्दिरामाया प्रधान सहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको महानगरीय प्रहरी स्वयम्भू वृत्तका डिएसपी मिलन केसीले जानकारी दिए ।

सुवर्णमान प्रधानको गएराति नै मृत्यु भएको थियो । इन्दिरामाया प्रधानसहित ३८ वर्षका भिम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था गम्भीर छ । डाडाँपौवास्थित डा. उद्धव पुरीको घरमा उनीहरु डेरामा बस्थे । डेरामा विषका बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको विष फेला परेको छ । सबै जना अचेत भएकाले विष सेवन गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

सोमबार राती साढे नौ बजेतिर उनीहरुलाई अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो । गेटमा ताल्चा लगाएर भित्र उनीहरु अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.