यी हुन् संसारकै हट मेकानिक, ग्यारेजमा गर्छिन् काम

डिसी नेपाल
२४ फागुन २०७८ १५:२६

काठमाडौं। टेन्टिन लेगास्पी मेनेसिस कार मेकानिक हुन् । उनले आफू संसारकै सबैभन्दा हट मेकानिक भएको दावी गर्छिन् । टेन्टिनका अनुसार गाडी मर्मत गर्न आउने कैयौं मानिसहरु उनीसँग बाहिर भेट्ने प्रस्ताव पनि राख्छन् । उनले यस्ता मानिसहरुको प्रस्ताव पटक पटक अस्वीकार गर्नु परिरहन्छ । टेन्टिन मोडलिङ पनि गर्छिन् र मोडलिङमा पनि उनी निकै चर्चित भएकी छिन् । उनी फिलिपिन्सकी हुन् र आफूलाई ‘प्राउड फिलिपिना ब्युटी’ भन्छिन् ।

टेन्टिनले विगत १० वर्षदेखि मेकानिकको काम गरिरहेकी छिन् । उनले १५ वर्षको उमेरमै मेकानिकको काम सुरु गरेकी थिइन् । अहिले उनी २६ वर्षकी भइन् । टेन्टिनका अनुसार पुरुषहरुको ‘सेक्सिस्ट कमेन्ट’ले उनलाई कुनै फरक पर्दैन । उनको ध्यान काममा हुन्छ । द सन अखबारसँग कुरा गर्दै उनले भनिन् ‘म एक्लै काम गर्न मन पराउँछु किनकि पुरुषहरुले घुरेर हेर्दा म असहज महसुस गर्छु ।’

टेन्टिनका अनुसार मानिसहरु उनलाई ग्यारेजमा काम गरिरहेको देखेपछि प्रश्न सोध्छन् त्यसपछि कुरा बढाउँदै जान्छन् । उनको ध्यान भने छिटोभन्दा छिटो काम पूरा गर्नु हुन्छ र उनले अहिले यसप्रकारका मानिसहरुलाई बेवास्ता गर्न पनि सिकिसकेकी छिन् । टेन्टिन भन्छिन् ‘पुरुषहरुलाई आकर्षित गर्नको लागि मैले यो पेसा रोजेको होइन । मैले यो काम आफ्नो लागि गर्छु । कसैले मेरो बारेमा के सोच्छ भन्ने कुराले मलाई फरक पर्दैन । सबैभन्दा राम्रो उपाय उनीहरुलाई बेवास्ता गर्नु हो ।’

टेन्टिनका अनुसार उनलाई हाइस्कुलमा छँदा नै मेकानिक बन्ने इच्छा जागेको थियो । तर, यो पेशाका पुरुषहरुको वर्चश्व छ त्यसैले उनका शिक्षक उनले यो काम गरुन् भन्ने चाहँदैनथे । तैपनि टेन्टिन अटोमोटिभ कोर्समा भर्ना भइन् । अहिले उनी आफ्नै पसलमा काम गर्छिन् । टेन्टिनका अनुसार उनी बाल्यकालदेखि नै कारका पुर्जाहरुसँग खेल्दै आइरहेकी छिन् । टेन्टिनले भनिन् ‘म मोडलिङ पनि गर्छु त्यसैले ग्ल्यामरस मेकअप गर्छु । मैले मेकानिकको काम पनि गर्नुपर्छ जसका कारण मेरो हात फोहर हुन्छ । तैपनि मलाई कारको काम गर्न निकै मन पर्छ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *