लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त पदाधिकारी नियुक्त

डिसी नेपाल
२५ फागुन २०७८ २३:१०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त नौ पदमा पदाधिकारी नियुक्त गरेका छन् । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रिस्तरीय निर्णयबाट नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ ।

नवनियुक्त पदाधिकारीलाई बुधबार मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरेका हुन् । उक्त कोषमा नियुक्त भएकामा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल तथा रामनरेश कोहार रहेका छन् ।

यसैगरी परिषद् सदस्यमा प्रकाश भट्टराई, धनराज कँडेल, श्रीराम यादव तथा गोपिकृष्ण शर्मा रहेका छन् । नवनियुक्त पदाधिकारीलाई मन्त्री आलेले निर्धक्कका साथ लुम्बिनी क्षेत्रको विकासमा लाग्न निर्देशन दिए । आउँदै गरेको बुद्धजयन्ती भव्य तथा सभ्यरूपमा सफल पार्नका लागि सबै पदाधिकारी, कर्मचारी एकजुट भएर लाग्नसमेत निर्देशन दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *