बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

डिसी नेपाल
२६ फागुन २०७८ १४:३८

बागलुङ। बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्का रहेका छन्।

झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै ध२प १९२१ नंको मोेटरसाइकल दुर्घटना हुँदा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *