भक्तपुरमा दुई जना हत्या आरोपी पक्राउ

डिसी नेपाल
२६ फागुन २०७८ २१:२१

भक्तपुर । घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । फागुन २३ गते जिल्लाको चाँगुनारायण नगरपालिका(७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र महिलाको लास फेला परेको थियो । सोही घटनाको अनुसन्धान गर्दै जाँदा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका(२ भकुण्डेवेशी स्थायी घर भई हाल भक्तपुर नगरपालिका(१० थलाछे बस्ने ४४ वर्षीय रमेश भनिने कुमार लामा र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका(४ चौबास स्थायी घर भई हाल भक्तपुर नगरपालिका(८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकृत राजु पाण्डेका अनुसार निज मृतक महिला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका(९ नवलडाँडा स्थायी वतन भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीय जेनिशा नगरकोटी रहेको खुलेको जनाए । यसअघि महिलाको पहिचान हुन सकेको थिएन ।

उक्त घटनामा मृतकको चक्कुले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएकोमा संलग्न व्यक्तिलाई खोजतलास गरी पक्राउ गरेको पाण्डेले जनाए । भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थप गरी उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *