जबर्जस्ती करणीका आरोपित ८ वर्षपछि कारागार चलान

डिसी नेपाल
२६ फागुन २०७८ २२:४२

सप्तरी । जबरजस्ती करणीको आरोपमा फरार रहेका आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका कमलपुर ९ बस्ने ५३ वर्षीय जगदीश यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएका टोलीले यादवलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तत्कालीन पुनरावेदन अदालत राजविराजले उनीविरुद्ध २०७१ साल वैशाख २९ गते ६ वर्ष कैद सजायको फैसला गरेको थियो ।

८ वर्षदेखि फरार रहेका यादवलाई खोजतलासको क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागी कारागार चलान गरेको ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *