किसानलाई धान क्षतिको राहतदिने तयारी

डिसी नेपाल
२७ फागुन २०७८ ०:१२

दाङ । गत असोज महिनामा दाङसहित देशका बिभिन्न ठाउमा बेमौसमी बर्षाले धानबालीमा पुर्‍याएको क्षतिका आधारमा किसानलाई क्षतिपुर्ति दिने तयारी भएको छ ।

दाङका दश स्थानीय तहका लागि ३५ करोड ९५ लाख रकम माग गरेकोमा जम्मा १० करोड मात्र जिल्लामा आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

किसानले कुल क्षति भएको मध्ये करिव २७ प्रतिशत रकम क्षतिपूर्ति बाफत सोझै बैंक खाता मार्फत् पाउने भएको ज्ञान केन्द्रका अर्थविज्ञ तथा फोकल पर्सन पृथ्वी लामिछानेले जानकारी दिए । उनका अनुसार अन्य ठाउको तुलनामा दाङमा धानबालीमा कम क्षती भएको हो ।

जिल्लाभरीमा उत्पादन हुने धानको करिव २७ हजार मेट्रिकटन धानमा क्षति पुगेको उनले बताए । करिब २० हजार किसानको सो परिमाणमा क्षति पुगेको बताए ।

क्षति भएको परिणाम अनुसार किसानले प्रति कठ्ठा करिब ८ सय रुपैयाँको दरले सोझै किसानको बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । तर तुलसीपुर उपमहानगरपालिकाले भने प्रति कट्ठा १७७ रुपैँयाका दरले मात्रै दिने जनाएको छ ।

तुलसीपुर उपमहानगरको कृषि शाखाले धान खेतीमा क्षति पुगेका किसानलाई प्रति कठ्ठा १ सय ७७ रुपैयाको दरले राहत उपलब्ध गराउने शाखाका सहायक प्रमुख रग बहादुर बबालले बताए ।

कृषि ज्ञान केन्द्र सँग स्थानीय पालिकाले आपसी समन्वय नगर्दा पालिकाका कृषि महाशाखा नै अन्यौलमा छ । तर माग गरे बमोजिमको रकम सम्बन्धित निकायले नपठाउदा थोरैमात्र रकम वितरण गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *