पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

डिसी नेपाल
२७ फागुन २०७८ ७:३५

काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ। बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ।

दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *