नेपाल फार्मेसी संघ रूपन्देही जिल्ला कमिटी गठन

डिसी नेपाल
२९ फागुन २०७८ १०:१६
44
Shares

रूपन्देही। नेपाल फार्मेसी संघको रूपन्देही जिल्ला कमिटि गठन भएको छ। फार्मासिष्टहरूको भेलाले गणेश प्रसाद सेढाईको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी सर्वसम्मत रूपमा गठन गरेको हो।

२ उपाध्यक्षमा चोकलाल सापकोटा र भरत गिरी, महासचिवमा उदय बहादुर खत्री, २ सचिवमा अशोक क्षेत्री र देव वस्याल, कोषाध्यक्षमा सुशिला बञ्जाडे, सह-कोषाध्यक्षमा संजिता ढकाल, सदस्यहरूमा सुवेच्छा गौतम, नारायण कूँवर, पितम्बर अधिकारी, सुशिल खनाल, नविता पौडेल, रमेश कोईराला र भुवन रजाली रहेका छन्।

कार्यक्रम नेपाल फ़ार्मेसी संघ लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष धुर्व कुमार शर्माको अध्यक्षता, संघका केन्द्रीय उपाध्यक्ष किरण ढकालको प्रमुख आतित्यथा, औषधि व्यवस्था विभागका पुर्व वरिष्ट फार्मासिष्ट राम शर्मा, सल्लाहाकार धर्मराज भट्टराई, पदम खनाल, खेम पौडेल, भोजराज बस्याल, सभ्यता बस्याल, नविन शर्मा लगायतको उपस्थितमा भेला सम्पन्न भएको छ।

सय भन्दा बढी फ़ार्मासिष्टहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम संघका प्रदेश सचिव खेम तिवारीको संचालन र सदस्य सुभेन्द्र प्रसाद यादवको स्वागतमा सम्पन्न भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *