होली खेल्ने क्रममा घरको छतबाट खस्दा बौद्धमा एक किशोरी गम्भीर घाइते

डिसी नेपाल
३ चैत २०७८ १८:४२
216
Shares

काठमाडौं । बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।

घरको दोस्रो तलाबाट खसेर सिन्धुपाल्चोककी विनिता चौलागाईं घाइते भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार घाइते किशोरीको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.