टिप्पर चलाउने निर्णयको स्थानीयद्वारा विरोध

डिसी नेपाल
५ चैत २०७८ २१:४८

दाङ । मुर्कुटी सडक तथा सिमेन्ट उद्योग प्रभावित क्षेत्रका नागरिक पुनः आन्दोलित भएका छन् । यसअघि गत साउन भदौमा उनीहरूले सडक सुधारको माग गर्दै आन्दोलन गरेका थिए ।

गत भदौ २२ गते जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा सिमेन्ट उद्योगका टिप्पर चलाउन वैकल्पिक सडक निर्माण गर्ने र वैकल्पिक सडक निर्माण नहुँदासम्म नागरिकको आवतजावतलाई मध्यनजर गरी समय तोकेर टिप्पर चल्न दिने सहमति भएको थियो ।

लामो समयसम्म पनि सडक सुधारमा कुनै प्रगति नभएको भन्दै बंगलाचुली गाउँपालिको सडक सुधार नहुँदासम्मका लागि चुनढुंगाको खानी बन्द गरेको थियो । सो निर्णयपछि अहिले यो सडकमा टिप्पर चलेका छैनन् ।

तर, अहिले आएर सडक सुधारको कुनै प्रगतिविना नै चैत ७ गतेदेखि खानी खुला गर्ने निर्णय गरिएको भन्दै आफूहरू आन्दोलित भएको घोराही–मुर्कुटी सडक तथा सिमेन्ट उद्योग प्रभावित सरोकार समितिका संयोजक नारदमणि पोख्रेलले जानकारी दिए । शनिबार बसेको समितिको बैठकबाट आन्दोलनका कार्यक्रम अघि सारिएको पनि उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *