नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
चितवन। १५ वर्षिय नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले माडी नगरपालिका(१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक ३७ वर्षीय सुरज लामिछानेलाई आइतबार पक्राउ गरेको हो ।
कक्षा ९ मा अध्ययनरत नाबालिकालाई शिक्षक लामिछानेले २९ फागुनमा यौन दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी परेपछि उनलाई पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।पक्राउ पर्ने लामिछाने माडी(५ का स्थानीय हुन् । अधिकारीका अनुसार पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको छ ।
नेपाल शिक्षक संघ माडी इकाईले भने पक्राउ परेका शिक्षकलाई अशोभनीय र अपाच्य व्यवहार गरिएको बताएको छ । नेपाल शिक्षक संघ माडी नगर समितिका अध्यक्ष विश्वनाथ घिमिरेले आइतबार एक विज्ञप्ति जारी गरी आरोपित शिक्षकलाई कारबाहीको माग गर्ने क्रममा शिक्षकलाई अपमानित र दुर्व्यवहार गरिएको बताएका हुन् । पेशाकर्मीमाथि यस्ता नगर्न संघले अपिल गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment