छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

डिसी नेपाल
२२ चैत २०७८ १३:१३

काठमाडौं।देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । धनुषा, मोरङ, कास्की र सल्यानमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।मोरङको केराबारी नगरपालिका–८ मा मंगलबार बिहान ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक केराबारी नगरपालिका–१० का १९ वर्षीय पिलिज बिक रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् ।

पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जानकारी दिएको छ ।सल्यानको शारदा नगरपालिका–१ दारिमचौरमा मंगलबार बिहान बोलेरो जिप दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय १८ वर्षीय नारायण ओलि रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ओलिको उपचारको क्रममा सल्यान स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप आज बिहान ६ बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा मंगलबार बिहान जिपको ठक्कटरबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेर बहादुर राई रहेका छन् ।

काठमाण्डौबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००२ च ५२६३ नम्बरको जिपले राई सवार ना ५२ प ५१३० नम्बरको मोटरसाईकललाई आज बिहान साढे ८ बजे ठक्कर दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *