ओलीको कटाक्षः एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए
वीरगञ्ज। एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाएका छन्।वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाएका हुन् ।
‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ।आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ।अहिले के भयो होला उनीहरूलाई,’ ओलीले भने, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment