स्थानीय तह निर्वाचनका लागि कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन
काठमाडौं। नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियान व्यापक पार्न प्रवास समन्वय प्रचार प्रसार समिति गठन गरेको छ ।
स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा। प्रकाशशरण महतको सभापतित्वमा २२ चैतमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत प्रचार प्रसार गर्न ८४ सदस्यीय उपसमिति र उपसमिति अन्तर्गत १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको हो ।
कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख ९आनन्द० विष्टको संयोजकत्वमा प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment