जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी माओवादीमा प्रवेश, यसको देशभर प्रभाव पर्छः प्रचण्ड
काठमाडौं।जनता समाजवाद पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।कोटेश्वर पेरिसडाँडास्थित माओवादी मुख्यालयमा आयोजित कार्यक्रममा चौधरीसहित कांग्रेस, एमालेलगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । चौधरी जसपा परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चौधरीसहित नेता कार्यकर्ताको माओवादी प्रवेशले सुदूरपश्चिममात्र नभएर देशभर प्रभाव पर्ने बताएका छन् ।देशको विकास र समृद्धि गर्ने पार्टी माओवादी रहेको र यही पार्टी चौधरी जस्ता नेता कार्यकर्ताको प्रवेश झनै सहयोग पुग्ने उनको भनाइ छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment