पल प्रकरणः नबालिकाले बयान फेरे पनि प्रमाण आधार हुने

डिसी नेपाल
४ वैशाख २०७९ २१:२८

काठमाडौं । पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ। बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन्।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ। जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो। दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका थिए। हाल उनी तनहुँ कारागारमा छन्।

नाबालिग गायिकाले बयान फेरिपछि यसका विभिन्न पक्षबारे आशंका उब्जिएको छ। तर पीडितले बयान फेरे पनि प्रमाणका आधारमा प्रकृया अघि बढ्ने स्रोतको भनाइ छ। बयानलाई मात्र नभएर अदालतमा पेस गरिएका प्रमाणलाई पनि आधार मानिने उनको भनाइ छ।

‘पीडितले सामान्य बोली फेरेकी छन्। अरु सबै हो भन्छिन् सम्बन्ध हैन् भनेकि छिन्’, तनहुँ अदालत स्रोतले भन्यो। उनले हैन् भने पनि प्रमाणले पुष्टी गर्ने स्रोतको भनाइ छ। पीडित भनिएको नाबालिगको मात्र बयान भएको र आरोपपत्र दायर गर्ने उनका बुवाको बयान भने बाँकी रहेको अदालत स्रोतको भनाइ छ। बुवाको बयानमा के आउँछ त्यसपछि अन्य कुराबारे स्पष्ट हुने छ। ‘पीडितको बकपत्र सकिएको छ। पीडितको बुवा आएको खण्डमा सोमबार वकपत्र हुनेछ’, अदालत स्रोतले भन्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *