मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन

डिसी नेपाल
१३ वैशाख २०७९ ६:१६

भैरहवा। रुपन्देहीमा मध्मयरात सम्म मनाेनयन दर्ता चलेकाे छ। आगामी वैशाख ३० गते ताेकिएकाे चुनावका लागि मनाेनयन दर्ता साेमबार साँझ ५ बजेसम्म रहे पनि सिस्टम नचलेकाेले कर्मचारी राति १२ बजे सम्म कार्यालयबाट काम गरिरहेका थिए।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कमप्युटर अपरेटर विनाेद भट्टराईका अनुसार प्राविधिक कारणले सर्भरमा केही समस्या आएकाेले र एक‌ै पटक धेरै मनाेनयन दर्ता भएको हाे।

रुपन्देहीमा राति ११ बजेसम्ममा ८८ प्रमुख(मेयर) , ११७ अध्यक्ष, ७१ उपप्रमुख (उपमेयर), ९५ उपाध्यक्ष , १०५७ वडाध्यक्ष ८२६ र ३३०४ जना वडासदस्य गरि जम्मा ४ हजार ७ सय ३२ जनाले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *