त्रिभुवन विमानस्थलमा बम राखेको हल्ला, सर्च गर्दै प्रहरी
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्ला भएपछि उडान प्रभावित बनेको छ।
विमानस्थलको आन्तरिक र्टमिनलतर्फ बम राखेको हल्ला भएपछि उडान प्रभावित बनेको हो। अहिले प्रहरीले बम राखेको भनिएको स्थानमा सर्च गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले बताए।
‘बम राखेको हल्ला आएको छ, अहिले हामी सर्च गरिरहेका छौं,’ महाप्रवन्धक ठाकुरले डिसी नेपालसँग भने, ‘अहिलेसम्म केही फेला परेको छैन।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment