विदा नबसी एआईजी थापा नियमित काममा फर्किँदै

डिसी नेपाल
२१ वैशाख २०७९ ११:००
224
Shares

काठमाडौं। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किने भएका छन्।

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन विदामा बस्ने पक्षमा थिए। तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी काममा विदा नबसेर काममा फर्किन तयार भएका हुन्।

थापा कनिष्ठ एआईजीलाई आइजीपी बनाएपछि असन्तुष्ट थिए। वरिष्ठताका आधारमा उनी दोस्रो वरियताका एआईजी हुन्। पहिलो वरियतामा भने विश्वराज पोखरेल छन्।

पोखरेल भने न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका छन्। थापा भने अदालत गएनन्। उनी प्रहरीको कार्य विभागको नेतृत्वमा छन्। सोही विभागले नै निर्वाचन सुरक्षा मामिला हेर्ने गर्छ।

निर्वाचनको संघारमा गृहमन्त्री खाणले थापालाई विदा नबसी सहयोग गरिदिन आग्रह गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.