रूपनी गाउँपालिकामा कांग्रेसको घोषणापत्र सार्वजनिक

डिसी नेपाल
२३ वैशाख २०७९ १२:३७
28
Shares

सप्तरी। नेपाली कांग्रेस रुपनीले स्थानीय तह निर्वाचनका लागि शुक्रबार चुनावी घोषणापत्र जारी गरेको छ। कांग्रेस रुपनी गाउँकार्य समितिले वडा नम्बर ३ स्थित कटैयामा पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो।

गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामनारायण ईसरले जनताले मत दिएर निर्वाचित गराएमा पालिकाको प्रत्येक वडाको सडक कालोपत्रे सडक सञ्जालमा जोडने घोषणा गरे। उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासका साथै सार्वजनिक स्थलहरूमा स्तनपान र शिशु नर्सिङ कोठाको व्यवस्था गरिने बताए।

कृषिक्षेत्र र किसानको समस्या तथा सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा आफ्नो पहिलो प्रथमिकतामा रहेकोले जनताले पालिका अध्यक्षको जिम्मेवारी दिए नमुना पालिकाको रूपमा विकास गर्ने समेत घोषणापत्रमा उल्लेख छ।

जारी गरिएको घोषणापत्रमा रुपनी मन्दिर, लोकनायक दिनाराम भद्री र शनिमिन्दर जस्ता धार्मिक स्थलहरुलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेसमेत रहेको छ।

यसैगरी सूचनाको हक कार्यान्वयनमा ल्याई आर्थिक पारदर्शीता कायम गर्ने, पालिकामा एम्बुलेन्स र शवबाहनको व्यवस्थापन गरिने, कृषि उत्पादनको लागि किसान सेन्टरको स्थपना गरिने, आधुनिक खेतीका लागी खेतमा विद्युत्सहितको सिँचाइ पुर्‍याउनेलगायतका महत्वपूर्ण योजनाहरु घोषणापत्रमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.