पोखरामा आज गठबन्धनको चुनावी सभा, देउवा र प्रचण्डसहित शीर्ष नेता आउँदै
पोखरा। पाँचदलीय गठबन्धनले आज पोखरामा चुनावी सभा गर्दैछ। महानगर र कास्कीलक्षित पालिकाहरुको चुनावका लागि आमसभा आयोजना गरिएको हो।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरू पोखरा आउने क्रम सुरु भएको छ।
गठबन्धनले आज पोखराको अमरसिंह चाेकमा बृहत् चुनावी आमसभा गर्न लागेको हो। चुनावी सभाअघि पोखराका विभिन्न चोकबाट र्याली निकालिनेछ। सभालाई पाँचदलीय गठबन्धनले शक्ति प्रदर्शनको रूपमा लिएको छ। एमालेको बर्चस्व रहेको पोखरामा सत्ता हातमा लिन गठबन्धनका निकै चुनौती छ।
त्यसो त एमालेबाटै फुटेर बनेको पार्टी एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य पोखराको मेयरका उम्मेद्वार छन्। एमालेबाट कृष्ण थापा चुनाव लड्दैछन्। गठबन्धनको उपमेयर उम्मेद्वारमा कांग्रेस नेतृ कोपीला रानाभाट छिन्।
गठबन्धनको सभामा जनता समाजवादी भने सहभागी नहुने भएको छ। जसपाका पोखरा अध्यक्ष राजु क्षेत्रीले गठबन्धनबाट आफ्नो पार्टी अलग भइसकेको बताए। उनले चुनावी सभामा आफ्नो दलको चुनाव चिन्ह प्रयोग नगर्न पनि आग्रह गरेका छन्।







डिसी नेपाल








Facebook Comment