गोरखामा कांग्रेसका कार्यकर्ताद्वारा एमालेका कार्यकर्तामाथि आक्रमण
गोरखा। गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन्। सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर आक्रमण गरेकाे दाबी गरिएको छ।
आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भिर घाइते भएका छन्। ‘दिउँसो धोरतमा कार्यक्रम थियो। त्यहाँबाट फर्किँदा करिब पौने आठ बजे श्यामचेत आइपुग्दा । त्यहाँ पसल थियो, खाजा खान लाग्दा कांङ्ग्रेसका कार्यकर्ता आएर एक्कासी कुटपिट गरेछन्’, स्थानीय वीरबहादुर लामाले भने।
कुटपिटबाट घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भश्रर छ । ‘विक्रम लामाको एउटा आँखा नै फुटेको छ। अरु साथीहरुका पनि टाउकोमा, शरीरमा घाउहरु धेरै नै छ’, विक्रम गुरुङले भने।
आक्रमण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रम स्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको उनी बताउँछन्।
कांङ्ग्रेसबाट वडाध्यक्षको उमेदवार गजे घले (सूर्य) को नेतृत्वको टोलीले आक्रमण गरेकाे दाबी गरिएको छ ।







डिसी नेपाल








Facebook Comment