गृहमन्त्रीकै क्षेत्रमा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण
बुटवल। रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन्। आक्रमणमा परी तिलोत्तमा नगरपालिका-१६ बिहुलीका सन्जीत भण्डारी घाइते भएका हुन्।
आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ। सोमबार राति साढे ११ बजेतिर पाँच-छ जनाको संख्यामा आएका कांग्रेस कार्यकर्ता सिधै उनको घरमा प्रवेश गरी भण्डारीमाथि आक्रमण गरेका हुन्। घाइतेको अहिले क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको छ।
इलाका प्रहरी कार्यालय रुपन्देहीले घटना भएको जानकारी दिँदै यस विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी हवल्दार सुरविर बिसीले कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्ता पिटिएको जानकारीमा आएकाे बताए।
अहिलेसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन। तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो ।







डिसी नेपाल








Facebook Comment